२४ कात्तिक २०८३ English
English

सरकार प्रतिशोध र भयबाट चलेको कांग्रेस उपसभापति आचार्यको आरोप

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सरकार प्रतिशोध र भयबाट चलेको कांग्रेस उपसभापति आचार्यको आरोप

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमका आधारमा सञ्चालन भइरहेको आरोप लगाउनुभएको छ। रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभापति आचार्यले सरकारप्रति असन्तुष्टि जनाउनुभएको हो। उहाँका अनुसार सरकार गठन भएको ६ महिना पनि नपुग्दै यसको पारदर्शितामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।

सरकारको काम गर्ने तरिका, निर्णय लिने प्रक्रिया र सरोकारवालासँग संवादको अभावका कारण मुलुकमा बिचौलिया हाबी हुने अवस्था बनेको उहाँको भनाइ छ। कार्यपालिका र सरोकारवालाबीच नियमित कुराकानी नहुँदा बिचौलियाहरूले सरकारकै नाम जोडेर आफ्नो स्वार्थ पूरा गर्ने मौका पाइरहेको आचार्यले बताउनुभएको छ। उहाँले दान बहादुर कार्कीलाई पदबाट हटाइएको विषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने माग गर्नुभएको छ।

प्रमुख प्रतिपक्षी दल सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको उपसभापति आचार्यले जनाउनुभएको छ। तर, सरकार आफैँले सहकार्यको वातावरण बनाउन नखोजेको उहाँको आरोप छ। सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै आचार्यले त्यसको आलोचना गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार