२४ कात्तिक २०८३ English
English

भक्तपुरको विकास बजेटबारे एमाले सचिव बस्नेतको प्रधानमन्त्री र रास्वपा सांसदमाथि प्रहार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भक्तपुरको विकास बजेटबारे एमाले सचिव बस्नेतको प्रधानमन्त्री र रास्वपा सांसदमाथि प्रहार

YouTube मा सब्स्क्राइब

नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुरको विकास बजेटलाई लिएर भक्तपुर-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीको आलोचना गर्नुभएको छ। एमाले भक्तपुर जिल्ला कमिटीले सोमबार दसैँ, तिहार, नेपाल संवत् ११४७ र छठको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। सचिव बस्नेतले १ लाख रुपैयाँसम्मको बजेट पनि ल्याउन नसक्ने व्यक्ति चुनाव जितेर गएको आरोप लगाउनुभएको छ।

विगतमा करोडौँ रुपैयाँको बजेट माग्ने भक्तपुरवासी अहिले १० लाख रुपैयाँ माग्ने अवस्थामा पनि नरहेको उहाँले दाबी गर्नुभएको छ। यस अवस्थाले भक्तपुरवासीको मनोबल र प्रतिष्ठामा चोट पुगेको बस्नेतको भनाइ छ। एमालेले बनाएको सडकको भत्किएको पिच टाल्ने हैसियत पनि नभएको व्यक्ति सांसद बनेको आरोप पनि उहाँले लगाउनुभएको छ।

भक्तपुरलाई यो अवस्थामा पुर्‍याउनेलाई उहाँले 'नक्कली स्याल' र 'भेडाको छाला ओढेका ब्वाँसो' भन्दै तिनको पर्दाफास गर्नुपर्ने बताउनुभएको छ। वर्तमान नेतृत्वको गम्भीर समीक्षा आवश्यक रहेको पनि बस्नेतको भनाइ छ। समृद्धिको अभियान अघि बढाउने सामर्थ्य एमालेसँग मात्र रहेको उहाँले दाबी गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार