दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगितामा कोपिला अधिकारी प्रथम

नेपाली खाना प्रवर्द्धन अभियानले काठमाडौँमा आयोजना गरेको दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगितामा कोपिला अधिकारी प्रथम हुनुभएको छ। प्रतियोगितामा कमल बुर्जा दोस्रो र सरिता गुरूङ तेस्रो स्थानमा रहनुभएको छ। विजेतालाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
'भोजन लिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता, २०८३' नाम दिइएको यस प्रतियोगितामा १४ जना सहभागी थिए। प्रतियोगिता भोजन लिपिका सर्जक अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित थियो। कँडेल हाल अमेरिकामा र खड्का आयरल्यान्डमा रहनुहुन्छ।
निर्णायक मण्डलको संयोजक नेपालका पहिलो एक्जिक्युटिभ सेफ गोविन्द नरसिंह केसी हुनुहुन्थ्यो। खाद्य विश्लेषक शारदा ज्ञवाली निर्णायक सदस्य हुनुहुन्थ्यो। नेपाली खाना र संस्कृतिको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको अभियानले जनाएको छ।
अभियानका संयोजक देवीप्रसाद सापकोटाले यस वर्ष पनि सेलरोटीलाई नै प्रतियोगिताको विषय बनाइएको बताउनुभएको छ। उहाँले यो अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने योजना रहेको पनि बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

