२४ कात्तिक २०८३ English
English

चार जहाज किन्न नेपाल वायुसेवा निगमले लिएको ऋण ३४ अर्बबाट बढेर ५६ अर्ब नजिक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चार जहाज किन्न नेपाल वायुसेवा निगमले लिएको ऋण ३४ अर्बबाट बढेर ५६ अर्ब नजिक

YouTube मा सब्स्क्राइब

नेपाल वायुसेवा निगमले चार जहाज किन्न लिएको ऋण साँवा र ब्याज जोड्दा करिब ५५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार यी जहाज खरिदका लागि सुरुमा सरकार जमानत बसेको साँवा करिब ३४ अर्ब रुपैयाँ थियो। निगमले दुईवटा वाइड बडी र दुईवटा न्यारो बडी विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो।

न्यारो बडी जहाजका लागि सञ्चय कोषले सुरुमा करिब १० अर्ब रुपैयाँ दिएको थियो। त्यसपछि वाइड बडी जहाज किन्न सञ्चय कोष र नागरिक लगानी कोष दुवैले करिब १२-१२ अर्ब रुपैयाँ ऋण दिएका थिए। गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म तिर्न बाँकी साँवा बढेर करिब ४४ अर्ब ६८ करोड रुपैयाँ पुगेको कार्यालयले जनाएको छ।

सोही अवधिसम्म थुप्रिएको ब्याज करिब ११ अर्ब २४ करोड रुपैयाँ छ। यसरी सुरुको ऋण रकमको तुलनामा निगमको कुल दायित्व झन्डै २२ अर्ब रुपैयाँले बढेको छ।

स्रोत

सम्बन्धित समाचार