२३ कात्तिक २०८३ English
English

बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो: वरिष्ठ उपसभापति शर्मा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो: वरिष्ठ उपसभापति शर्मा
तस्बिर: अनलाइनखबर

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन्। उनले सोमबार काभ्रेपलाञ्चोकमा आयोजित पार्टीको कार्यक्रममा यस्तो बताएका हुन्।

वरिष्ठ उपसभापति शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रचार आधारहीन रहेको बताए। उनले सामाजिक सञ्जालका हल्लाका भरमा महाधिवेशनमाथि प्रश्न नउठाउन पार्टीका सदस्यहरूलाई आग्रह गरे।

प्रहरी हिरासतमा रहेका विवादास्पद बिचौलिया इनाम सापकोटाले प्रहरीसमक्षको बयानमा कांग्रेसको आधिकारिकता आफ्नो पक्षमा पार्ने विषयसँग जोडेर सभापति गगन थापा र १८ करोड रुपैयाँको प्रसंग उल्लेख गरेको अडियो सार्वजनिक भएपछि कांग्रेसभित्र आरोप–प्रत्यारोप चर्किएको छ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासमा पुनः सुनुवाइको चरणमा रहेका बेला ‘१८ करोड रुपैयाँ लेनदेन’ सम्बन्धी अडियो सार्वजनिक भएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार