२३ कात्तिक २०८३ English
English

सुन तोलामा १ हजार ३०० र चाँदी ४५ रुपैयाँले महँगियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सुन तोलामा १ हजार ३०० र चाँदी ४५ रुपैयाँले महँगियो
तस्बिर: क्लिकमाण्डू

स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। प्रतितोला सुनको मूल्य एक हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सोमबार सुनको मूल्य एकै दिनमा १ प्रतिशतभन्दा बढीले बढेको छ। कच्चा तेलको मूल्य घटेसँगै मुद्रास्फीति बढ्ने चिन्ता कम हुनु र अमेरिकी डलर कमजोर बन्नुले सुनको मूल्य बढेको रातोपाटीले जनाएको छ।

नेपालमा सुनचाँदीको दैनिक मूल्य नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोक्ने गर्छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार