२३ कात्तिक २०८३ English
English

लोडसेडिङ अन्त्यको जस: घिसिङ र जनार्दन शर्माका दाबी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
लोडसेडिङ अन्त्यको जस: घिसिङ र जनार्दन शर्माका दाबी

YouTube मा सब्स्क्राइब

लोडसेडिङ अन्त्यको श्रेयबारे उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले सामाजिक सञ्जालमार्फत छुट्टाछुट्टै दाबी सार्वजनिक गर्नुभएको छ। तिहार, नेपाल संवत् र छठको शुभकामना दिँदै आइतबार अध्यक्ष घिसिङले विसं २०७३ अघि उज्यालोको चाड पनि अँध्यारोमा मनाउनुपर्ने बाध्यता सम्झनुभएको छ। जनताको साथ र दृढ संकल्पले देश लोडसेडिङमुक्त भएको उहाँको भनाइ छ।

उहाँका अनुसार अहिले देशका करिब हरेक घरमा बिजुली पुगेको छ र नेपाली बिजुली विदेशसम्म पुगेको छ। अब भ्रष्टाचार, गरिबी, बेथिति, बेरोजगारी र अन्यायविरुद्ध केन्द्रित हुने अठोट घिसिङले व्यक्त गर्नुभएको छ। लक्ष्मीपूजाका दिन उज्यालो नेपाल अभियानको १० वर्ष पूरा भएको अवसरमा पूर्वमन्त्री शर्माले आफूले नै देशलाई लामो अन्धकारबाट मुक्त गराएको दाबी गर्नुभएको छ।

पुराना अन्तर्वार्ता समेटिएको भिडियो राख्दै उहाँले १८ घण्टे लोडसेडिङ अन्त्यको सम्झना गर्नुभएको छ। मन्त्रीको शपथ लिँदा नै देशलाई लोडसेडिङमुक्त बनाउने संकल्प गरेको उहाँले बताउनुभएको छ। पदभार सम्हालेको एक हप्ताभित्र ल्याइएको ३७ बुँदे कार्ययोजनाको पहिलो बुँदामा काठमाडौँलाई शून्य घण्टा लोडसेडिङ बनाउने लक्ष्य राखिएको शर्माको भनाइ छ।

अभियान सफल बनाउन सहयोग गर्ने सबै नेपाली र आफ्नो टोलीप्रति उहाँले धन्यवाद दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार