२१औँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ: प्रदीप ज्ञवाली

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २१औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वास्तविक विकल्प समाजवाद हुन सक्ने बताएका छन्।
साइप्रसको कम्युनिस्ट पार्टी एकेल (AKEL) को १००औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सम्बोधनमा उनले समाजवाद, सामाजिक न्याय र अन्तर्राष्ट्रिय ऐक्यबद्धतामा जोड दिए।
ज्ञवालीले विश्वव्यापी वामपन्थी आन्दोलनबीच शान्ति, समानता, श्रमिक अधिकार, सामाजिक सुरक्षा र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको बताए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


