२२ कात्तिक २०८३ English
English

कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न परराष्ट्रमन्त्री खनाल टर्कीको अन्ताल्यामा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न परराष्ट्रमन्त्री खनाल टर्कीको अन्ताल्यामा
तस्बिर: रातोपाटी

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा भाग लिन टर्कीको अन्ताल्या पुगेका छन्।

सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री खनालले गरेका छन्।

उनी सम्मेलनका विभिन्न उच्चस्तरीय कार्यक्रम र साइड इभेन्टमा भाग लिनेछन्। सम्मेलनका क्रममा समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तिहरूसँग उनको द्विपक्षीय भेटवार्ता पनि तय भएको छ।

कोप–३१ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको वार्षिक सम्मेलन हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार