इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्प नजिक गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे जानकारी दिएको छ। दुर्घटनाबारे प्रहरीले थप विवरण सङ्कलन गरिरहेको छ।
मृतकको नाम र दुर्घटनाको कारणबारे थप विवरण भने सार्वजनिक भएको छैन।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


