२२ कात्तिक २०८३ English
English

आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन, बिहान कुकुरको पूजा र साँझ लक्ष्मीपूजा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन, बिहान कुकुरको पूजा र साँझ लक्ष्मीपूजा
तस्बिर: रातोपाटी

यमपञ्चकको दोस्रो दिन आज आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ। घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खान दिएर सम्मान गरिँदै छ।

तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र साँझ औँसी तिथि पर्ने भएकाले यस्तो भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसै आधारमा आजै दुवै पर्व मनाउने निर्णय गरेको हो।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीका अनुसार आज बिहान कुकुरको पूजा गरेपछि साँझ लक्ष्मीपूजा गर्नुपर्छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन आज नरक चतुर्दशी स्नान पनि गरिँदै छ। साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिनेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार