२२ कात्तिक २०८३ English
English

सिड्नीको नेपाल फेस्टिभलमा ढाका टोपी लगाएर पुगे अस्ट्रेलियाली प्रधानमन्त्री

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सिड्नीको नेपाल फेस्टिभलमा ढाका टोपी लगाएर पुगे अस्ट्रेलियाली प्रधानमन्त्री

YouTube मा सब्स्क्राइब

ढाका टोपी लगाएका अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज सिड्नीको नेपाल फेस्टिभलमा सहभागी हुनुभएको छ। गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले शनिबार डार्लिङ हार्बरको टम्बालोङ पार्कमा 'नेपाल फेस्टिभल सिड्नी २०२६' आयोजना गरेको थियो। प्रधानमन्त्री अल्बानिजले नेपाली समुदायसँग तिहार मनाउन पाउँदा खुसी लागेको बताउनुभएको छ।

उहाँले विविधतालाई अस्ट्रेलियाको बल भन्दै नेपाली समुदाय त्यसको महत्त्वपूर्ण अङ्ग भएको उल्लेख गर्नुभएको छ। अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपालीले पुर्‍याएको योगदानको उहाँले प्रशंसा पनि गर्नुभएको छ। नेपाली समुदायको सांस्कृतिक पहिचानप्रति सम्मान जनाउँदै उहाँले महोत्सवको अनुभव सामाजिक सञ्जालमा साझा गर्नुभएको छ।

महोत्सवमा नेपाली कला, संस्कृति, परम्परा र भेषभूषा झल्काउने विभिन्न प्रस्तुति समावेश थिए।

स्रोत

सम्बन्धित समाचार