२२ कात्तिक २०८३ English
English

भारतीय तीव्र बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्न्यास लिए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भारतीय तीव्र बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्न्यास लिए

YouTube मा सब्स्क्राइब

भारतका तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गर्नुभएको छ। शुक्रबार राति एउटा भिडियो सार्वजनिक गर्दै उहाँले यो घोषणा गर्नुभएको हो। सामाजिक सञ्जाल एक्समा उहाँले सेतो जर्सीलाई बिदाइ गरे पनि त्यससँग जोडिएका सम्झना कहिल्यै नबिर्सने लेख्नुभएको छ।

शमीले भारतका लागि ६४ टेस्ट खेलेर २२९ विकेट लिनुभएको छ। टेस्टबाट बिदा लिए पनि उहाँले भारतका लागि सीमित ओभरको क्रिकेट भने खेल्न जारी राख्ने बताउनुभएको छ। सन्देशमा शमीले पहिलो पटक टेस्ट जर्सी लगाउँदा देशका लागि केही गरेर देखाउने एउटै सपना रहेको उल्लेख गर्नुभएको छ।

हरेक विकेट, संघर्ष, चोट र पुनरागमनबाट आफूले केही न केही सिकेको उहाँको भनाइ छ। उहाँले यात्रामा साथ दिने सहखेलाडी, प्रशिक्षक र करोडौँ प्रशंसकप्रति आभार प्रकट गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार