२२ कात्तिक २०८३ English
English

सरकारविरुद्ध आन्दोलनबारे कांग्रेस–एमालेसँग छलफल चलिरहेको प्रचण्डको भनाइ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सरकारविरुद्ध आन्दोलनबारे कांग्रेस–एमालेसँग छलफल चलिरहेको प्रचण्डको भनाइ

YouTube मा सब्स्क्राइब

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको कार्यशैली हिन्दी जासुसी चलचित्रजस्तै अनौठो भएको टिप्पणी गर्नुभएको छ। उहाँले बालेन नेतृत्वको सरकारका कामकारबाहीलाई लक्षित गर्दै यस्तो टिप्पणी गर्नुभएको हो। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कुन बेला कुन पत्रकार पक्राउ पर्ने वा कसमाथि आक्रमण हुने हो भन्ने अनिश्चितता बढेको बताउनुभयो।

प्रचण्डका अनुसार कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वसमेत असुरक्षित महसुस गर्ने अवस्था बनेको छ। गणतन्त्र, सङ्घीयता र समावेशिता ल्याउनेहरूलाई काम गर्ने वातावरण दिइएको भए अहिलेसम्म धेरै काम हुन सक्ने उहाँको भनाइ छ। विगतका दशकौँमा केही नभएको भाष्य विवेकहीन भएको पनि उहाँले बताउनुभयो।

राज्यमा अराजक र निरङ्कुश प्रवृत्ति हाबी भएको पनि उहाँले आरोप लगाउनुभएको छ। भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा अभियान चलाउँदा आफूलाई सत्ताबाट हटाइएको प्रचण्डले बताउनुभएको छ। 'कर्णाली उपेक्षा र उज्यालो' नामक पुस्तकको विमोचनपछि सञ्चारकर्मीको प्रश्नमा उहाँले सरकारविरुद्ध आन्दोलनमा जाने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेसहित अन्य दलसँग छलफल भइरहेको बताउनुभयो।

संविधान र शान्ति प्रक्रियामा सहभागी सबै शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको उहाँको भनाइ छ। हाल पार्टी जागरण अभियानमा केन्द्रित रहेको र त्यसको समीक्षापछि आगामी योजना बनाइने प्रचण्डले जानकारी दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार