२२ कात्तिक २०८३ English
English

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर नउठ्ने, सडकमा नफाल्न आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर नउठ्ने, सडकमा नफाल्न आग्रह

YouTube मा सब्स्क्राइब

काठमाडौं महानगरपालिकाले तिहारका कारण कात्तिक २४ र २५ गते उपत्यकाको फोहर नउठ्ने जनाएको छ। ती दुई दिन बन्चरेडाँडास्थित फोहर व्यवस्थापनस्थलमा काम बन्द रहने भएपछि उपत्यकाबाट संकलन हुने फोहरको अन्तिम विसर्जन रोकिने भएको हो। महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार तिहार पर्वको बिदाका कारण बन्चरेडाँडामा काम रोकिने छ।

त्यहाँ कार्यरत कर्मचारीले पनि बिदा पाउने भएकाले दुई दिन फोहर व्यवस्थापन सम्भव नहुने उहाँले बताउनुभएको छ। बन्चरेडाँडा काठमाडौं उपत्यकाको फोहर पुर्‍याइने अन्तिम विसर्जनस्थल हो। त्यहाँ काम ठप्प हुँदा उपत्यकाबाट उठाइएको फोहरको व्यवस्थापनमा पनि असर पर्ने महानगरले जनाएको छ।

महानगरका अनुसार दुई दिनको अवरोधपछि कात्तिक २६ गतेदेखि फोहर व्यवस्थापनको काम पुनः नियमित हुने छ। फोहर नउठ्ने अवधिमा घर, पसल र सार्वजनिक स्थानबाट निस्केको फोहर सडकमा जथाभावी नफाल्न महानगरले नगरवासीसँग आग्रह गरेको छ।

स्रोत

सम्बन्धित समाचार