२२ कात्तिक २०८३ English
English

तिहार र छठमा बिजुली नियमित राख्न प्राधिकरणको विशेष तयारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तिहार र छठमा बिजुली नियमित राख्न प्राधिकरणको विशेष तयारी

YouTube मा सब्स्क्राइब

नेपाल विद्युत् प्राधिकरणले तिहार र छठ पर्वभर विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन विशेष तयारी गरेको जनाएको छ। प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान छ। मागभन्दा उत्पादन बढी भएकाले तिहारमा बत्ती नजाने प्राधिकरणको भनाइ छ।

पर्वका बेला अवरोध नहोस् भनेर उत्पादन, प्रसारण र वितरण तीनै प्रणाली सक्रिय राखिएको छ। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको वरिष्ठ व्यवस्थापन टोलीको बैठकले सम्भावित चुनौती र प्राविधिक तयारीबारे छलफल गरेको छ। प्रणाली सञ्चालन विभाग अर्थात् एलडिसी, ग्रिड सञ्चालन विभाग र प्रदेश डिभिजन कार्यालयका प्रमुखहरूलाई भर्चुअल बैठकमार्फत निर्देशन दिइएको छ।

चाडबाडभर बिजुली नकाटियोस् भनेर सबै संयन्त्र परिचालन गर्न श्रेष्ठले निर्देशन दिनुभएको छ। प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको र अवरोध आए तत्काल मर्मत गर्न भनिएको प्राधिकरणले जनाएको छ। प्रसारण लाइन र वितरण प्रणालीको निरीक्षण तथा मर्मतको काम पनि तीव्र बनाउन निर्देशन दिइएको छ।

'नो लाइट' सेवामा आउने फोन नियमित उठाएर गुनासो तुरुन्त सम्बोधन गर्न पनि कार्यालयहरूलाई भनिएको छ।

स्रोत

सम्बन्धित समाचार