२३ कात्तिक २०८३ English
English

रुकुमपश्चिमको आठबिसकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, १३ घाइते

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रुकुमपश्चिमको आठबिसकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, १३ घाइते
तस्बिर: बिजमाण्डू

रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–५ नयाँगाउँडाँडास्थित भित्री सडकखण्डमा सोमबार दुर्घटना भएको हो।

थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे १ च ३११२ नम्बरको डबलक्याब जिप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट तल खसेको थियो। जिप करिब १५० मिटर तल खसेको अनलाइनखबरले जनाएको छ भने नागरिकले ५० मिटर उल्लेख गरेको छ।

प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ। सामान्य घाइते हुनेमा २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी रहेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार