२३ कात्तिक २०८३ English
English

घोप्टेभिरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
घोप्टेभिरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
तस्बिर: अनलाइनखबर

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। कुरिनटार र मुग्लिन नजिकै पर्ने घोप्टेभिरमा सोमबार बिहानपख पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोले सडकको दुवैतर्फ अवरुद्ध गरेको छ। सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण राजमार्गमा यातायात आवागमन ठप्प भएको छ। घोप्टेभिर धादिङ र चितवनको सीमाक्षेत्र नजिक पर्छ।

यही स्थानमा फेरि सुक्खा पहिरो खसेको हो। राजमार्ग आज पनि अवरुद्ध भएको छ।

पहिरो पन्छाएर करिब ३ घण्टाभित्र दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार