२३ कात्तिक २०८३ English
English

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी सुनसरीमा घरबाटै पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी सुनसरीमा घरबाटै पक्राउ
तस्बिर: अनलाइनखबर

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका जबर्जस्ती करणी मुद्दाका एक दोषी पक्राउ परेका छन्। सुनसरीको इनरुवा नगरपालिकाका २० वर्षीय आकाशकुमार खत्वेलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

खत्वेलाई उनकै घरबाट पक्राउ गरिएको हो। सुनसरी जिल्ला अदालतले २०८२ वैशाख ३ गते गरेको फैसलाअनुसार उनी कारागारमा कैद भुक्तान गरिरहेका थिए।

फरार हुनुअघि उनले एक वर्ष आठ महिना छ दिन कैद भुक्तान गरिसकेका थिए। जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट भागेका थिए।

जेनजी आन्दोलनका बेला कारागारबाट फरार भएका कैदीबन्दीलाई प्रहरीले पक्राउ गर्ने क्रम जारी राखेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार