२३ कात्तिक २०८३ English
English

जुनियर अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई पहिलो स्वर्ण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
जुनियर अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई पहिलो स्वर्ण

YouTube मा सब्स्क्राइब

थाइल्यान्डमा भएको जुनियर अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिकी ओलम्पियाडमा नेपालले पहिलोपटक स्वर्णपदक जितेको छ। विराटनगरस्थित वीकेभिएममा कक्षा १० मा पढ्ने शाहवाज आलमले उक्त पदक जितेका हुन्। थाइल्यान्डको उबोन राचाथानीमा आठ दिनसम्म चलेर आइतबार सम्पन्न प्रतियोगिताको पाँचौँ संस्करणमा नेपालले एक स्वर्ण, एक कांस्य र एक सम्मानजनक उल्लेख हासिल गरेको छ।

सहज केसीले कांस्यपदक जितेका छन् भने इभान दुबेले सम्मानजनक उल्लेख पाएका छन्। टोलीमा अभि उदय ढुङ्गाना र अखिलेश पोखरेल पनि सहभागी थिए। नेपाल खगोल समाज, नासोका अनुसार अन्तर्राष्ट्रिय विज्ञान ओलम्पियाडको इतिहासमा कुनै नेपाली विद्यार्थीले स्वर्ण जितेको यो पहिलो पटक हो।

विद्यालयका अनुसार नेपालले यसअघि यो प्रतियोगितामा भाग लिए पनि उपाधि जित्न सकेको थिएन। प्रतियोगितामा करिब ५३ देशका १ सय ४ विद्यार्थीसहित १ सय ५७ जना सहभागी थिए। नासोले आयोजना गरेको राष्ट्रिय खगोल ओलम्पियाड २०२६ र त्यसपछिको बन्द शिविर तालिमबाट विद्यार्थी छनोट गरिएका थिए।

स्रोत

सम्बन्धित समाचार