२३ कात्तिक २०८३ English
English

पशु कल्याणका लागि छुट्टै विधेयकको मस्यौदा तयार: कृषिमन्त्री चौधरी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पशु कल्याणका लागि छुट्टै विधेयकको मस्यौदा तयार: कृषिमन्त्री चौधरी

YouTube मा सब्स्क्राइब

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशु कल्याणका लागि छुट्टै विधेयकको मस्यौदा तयार भएको र त्यसमा सरोकारवालाको सुझाव लिइँदै गरेको बताउनुभएको छ। आइतबार कुकुर तिहारका अवसरमा भएको कार्यक्रममा मन्त्री चौधरीले पशुपन्छीको संरक्षण गर्न र तिनमाथि हुने क्रूरता रोक्न सरकारले नीतिगत र कानुनी कदम चालिरहेको बताउनुभयो। उहाँका अनुसार मन्त्रिपरिषद्ले २०७८ सालमा सैद्धान्तिक स्वीकृति दिएपछि मस्यौदाको काम अघि बढेको हो।

पशु अधिकार र कल्याणका लागि छुट्टै कानुन चाहिने माग लामो समयदेखि उठ्दै आएको र त्यसलाई सम्बोधन गर्न सरकार सक्रिय रहेको उहाँले उल्लेख गर्नुभयो। मन्त्री चौधरीका अनुसार नेपालको संविधानमा पनि पशु कल्याणसम्बन्धी व्यवस्था छ। मुलुकी अपराध संहिता, २०७४ मा पशुपन्छीको संरक्षण, लापरबाहीसाथ पालन, बेवारिसे छाड्ने काम र निर्दयी व्यवहार नियन्त्रण गर्ने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो।

स्रोत

सम्बन्धित समाचार