२३ कात्तिक २०८३ English
English

तिहारको चौथो दिन आज देशभर गाईपूजा गरिँदै

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तिहारको चौथो दिन आज देशभर गाईपूजा गरिँदै
तस्बिर: रातोपाटी

यमपञ्चक अन्तर्गत तिहारको चौथो दिन आज गाईको पूजा गरी गाई तिहार मनाइँदै छ। घरघरमा गाईको विशेष पूजा आराधना गरी मीठा परिकार खान दिइँदै छ।

हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ। वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी ‘गौमाता’का रूपमा सम्मान र पूजा गर्ने परम्परा रहेको छ।

गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो मानिन्छ। यही कारण गाईलाई विशेष महत्त्व दिइने गरिएको छ।

आज कात्तिक कृष्ण पक्षको औंसी तिथि हो। हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आइतबार साँझ लक्ष्मीपूजा गरिएको थियो भने आज गाईपूजा गरिँदै छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार