तिहारको मुखमा जुवातासविरुद्ध प्रहरीको अभियान, १०७ जना पक्राउ

देशका पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सबैभन्दा धेरै सुर्खेतबाट ४१ जना पक्राउ परेका छन्। सर्लाहीबाट २६, धनुषाबाट १८ तथा ललितपुर र काभ्रेपलाञ्चोकबाट ११/११ जना पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूसँग करिब २५ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। सर्लाहीमा ब्रह्मपुरी गाउँपालिका–२ का दुई स्थान र मलंगवा नगरपालिका–८ को एक घरमा छापा मारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जनाउनुभएको छ। प्रहरीका अनुसार सर्लाहीका तीन स्थानबाट करिब साढे ९ लाख नेपाली रुपैयाँ बरामद भएको छ।
त्यहाँबाट भारतीय रुपैयाँ, एउटा बैंक चेक, तासका पत्ती र २५ थान मोबाइल फोन पनि बरामद भएका छन्। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


