दसैँका लागि पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिए, हाटबजारबाट बिक्री

बडादसैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्। व्यापारीले हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट बिक्रीका लागि भेडाच्याङ्ग्रा पोखरा ल्याएका हुन्।
ती भेडाच्याङ्ग्रा बिक्री गर्न पोखरामा हाटबजार सञ्चालन गरिएको छ। सिमपानी र हेम्जामा हाटबजार सञ्चालन गरिएको जनाइएको छ।
दसैँको रौनक गाउँ–सहरमा फैलिन थालेसँगै गण्डकीको मुख्य व्यापारिक केन्द्र पोखरामा समुद्री सतहदेखि ४ हजार मिटरभन्दा माथिका क्षेत्रबाट आएका च्याङ्ग्राको व्यापारले छुट्टै चहलपहल थपिने गरेको छ।
यस वर्ष मुस्ताङबाट गोठालासँगै जनप्रतिनिधि पनि मुस्ताङी च्याङ्ग्रा बेच्न पोखरा आइपुगेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
