२७ असोज २०८३ English
English

नुवाकोटका बाढीपहिरो प्रभावितलाई वाईसीएलले बनाएका २१ अस्थायी आवास प्रचण्डद्वारा हस्तान्तरण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नुवाकोटका बाढीपहिरो प्रभावितलाई वाईसीएलले बनाएका २१ अस्थायी आवास प्रचण्डद्वारा हस्तान्तरण
तस्बिर: नेपाल प्रेस

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटमा बाढीपहिरो प्रभावित परिवारका लागि निर्मित २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्।

रसुवा–भोटेकोशी बाढीबाट घरबास गुमाएका नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकाका प्रभावित परिवारका लागि वाईसीएल नेपालले ती अस्थायी आवास निर्माण गरेको हो।

हस्तान्तरण कार्यक्रममा संयोजक प्रचण्डले विकसित र पुँजीवादी देशहरूले अपनाएको गलत विकास मोडल र जलवायु अन्यायका कारण नेपालजस्ता मुलुकहरूले ठूलो मूल्य चुकाउनुपरेको बताए। उनले जलवायु परिवर्तनका नाममा ठूला देशले अत्याचार गरेको र त्यसबाट हुने विपद्को मूल्य नेपालले चुकाउनुपरेको टिप्पणी गरे।

यस वर्ष भदौमा रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा तथा त्रिशूली कोरिडोरमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २७ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 27 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार