२७ असोज २०८३ English
English

कांग्रेस महाधिवेशन : महिला केन्द्रीय सदस्य खुलातर्फ बासना थापा ३,४८४ मतसहित पहिलो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशन : महिला केन्द्रीय सदस्य खुलातर्फ बासना थापा ३,४८४ मतसहित पहिलो
तस्बिर: सेतोपाटी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला केन्द्रीय सदस्य (खुला) पदको मतगणनामा बासना थापाले अग्रता लिएकी छन्।

हालसम्म कुल ४ हजार ६८९ मत गणना सम्पन्न हुँदा थापाले ३ हजार ४८४ मत प्राप्त गर्दै पहिलो स्थान ओगटेकी छन्। यसअघि ४ हजार ५९१ मत गणना हुँदा पनि उनी सबैभन्दा अगाडि थिइन्।

खुलातर्फ महिला केन्द्रीय सदस्यका १५ पदका लागि निर्वाचन भएको हो। मतगणना कार्य अझै जारी छ।

महाधिवेशनअन्तर्गत विभिन्न पद र क्लस्टरको मतगणना एकैसाथ भइरहेको छ। अन्य क्लस्टरको मतगणना पनि क्रमशः अघि बढिरहेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २७ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 27 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार