कर्णाली र सुदूरपश्चिमका हिमाली भागमा आज हल्का वर्षा र हिमपातको सम्भावना

देशमा हाल पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ। ती भूभागका थोरै स्थानमा दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना छ।
देशका बाँकी हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि छोटो समयका लागि हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा भने आज मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो