२७ असोज २०८३ English
English

जमुनाह नाकामा कडाइ : रुपैडिहा जाने उपभोक्ता घटे, नेपालगञ्जमा चहलपहल बढ्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
जमुनाह नाकामा कडाइ : रुपैडिहा जाने उपभोक्ता घटे, नेपालगञ्जमा चहलपहल बढ्यो
तस्बिर: रातोपाटी

नेपालगञ्जस्थित जमुनाह नाकामा कडाइ गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ।

दसैँ र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा यसअघि सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जानेको संख्या उल्लेख्य हुने गरेको थियो। नाकामा कडाइ भएपछि भने सीमापारि जाने उपभोक्ता घटेका छन्।

सीमापारि जाने उपभोक्ता घटेसँगै स्वदेशी बजारमा चहलपहल बढेको छ। नेपालगञ्ज बजारमा दसैँको किनमेलका लागि आउने उपभोक्ताको संख्या बढेको हो।

चाडपर्वको समयमा नेपालगञ्जका व्यापारिक क्षेत्रमा किनमेलको चहलपहल बढेको देखिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २७ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 27 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार