दसैँ मनाउन उपत्यका छाड्नेको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्कने यात्रुको चाप बढ्न थालेको छ। अध्ययन, रोजगारी र विभिन्न पेसा–व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन धमाधम गाउँ फर्किरहेका छन्।
पछिल्लो २४ घण्टामा मात्रै ५६ हजारभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिएका छन्। दिनहुँ उपत्यका छाड्ने यात्रुको संख्या बढ्दै गएको छ।
हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैँ सुरु भइसकेको छ। रोजगारी, अध्ययन र विभिन्न सिलसिलामा उपत्यकामा रहेका लाखौँ नागरिक यतिबेला आफ्नो थातथलो फर्किन थालेका छन्।
यात्रुको चाप बढेसँगै गन्तव्यतर्फ जाने सडकको अवस्थाबारे पनि चासो बढेको छ। पछिल्ला दिनमा बाढीपहिरोका कारण केही राजमार्ग तथा सडकखण्ड प्रभावित भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आवश्यक देखिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
