२७ असोज २०८३ English
English

चाडपर्वमा कृत्रिम अभाव रोक्न बजार अनुगमन तीव्र, तीन फर्मलाई जरिवाना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चाडपर्वमा कृत्रिम अभाव रोक्न बजार अनुगमन तीव्र, तीन फर्मलाई जरिवाना
तस्बिर: थाहाखबर

चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमन तीव्र पारेको छ। उपभोक्तालाई उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउने उद्देश्यले अनुगमन तीव्र पारिएको हो।

बजार अनुगमनका लागि झन्डै पाँच दर्जन कर्मचारी खटाइएका छन्।

यसै क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न २७ वटा व्यापारिक फर्म तथा उद्योगमा अनुगमन तथा निरीक्षण गरेको छ।

अनुगमनका क्रममा विभागले तीन वटा फर्म तथा उद्योगलाई जरिवाना गरेको छ। अन्य तीन वटालाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २७ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 27 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार