२७ असोज २०८३ English
English

बाढीपहिरोले गोरखा–धादिङ सडकखण्ड पूर्ण ठप्प, चार ठाउँमा एकतर्फी, गलौँदीमा दुईतर्फी खुला

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीपहिरोले गोरखा–धादिङ सडकखण्ड पूर्ण ठप्प, चार ठाउँमा एकतर्फी, गलौँदीमा दुईतर्फी खुला
तस्बिर: अनलाइनखबर

बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग र सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार गोरखा–धादिङ सडकखण्ड पूर्ण रूपमा ठप्प छ।

प्रहरीका अनुसार अन्य चार ठाउँमा राजमार्गहरू एकतर्फी मात्र सञ्चालनमा छन्। विपद्का कारण विभिन्न सडकखण्डमा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।

बूढीगण्डकी नदीमा आएको भीषण बाढीले बेनीघाट–आरुघाट–लार्के सडकका विभिन्न खण्डमा क्षति पुर्‍याएको छ। यसले उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाको सडक सम्पर्क टुटेको छ।

यसैबीच, पृथ्वी राजमार्गको गलौँदी सडकखण्डमा भने आज बिहान साढे ६ बजेदेखि दुवैतर्फ सवारीसाधन चल्न थालेका छन्। उक्त खण्डमा भित्तो कटानको काम सकिएपछि दुवैतर्फ आवागमन खुला गरिएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २७ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 27 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार