राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा सेनाको फूलपाती बढाइँ, हनुमानढोकामा फूलपाती भित्र्याइयो

बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा नेपाली सेनाले शनिबार काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ‘फूलपाती बढाइँ समारोह–२०८३’ सम्पन्न भएको हो।
समारोहमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो। राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन्। सेनाले शनिबार अपराह्न आयोजना गरेको समारोहमा राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। सेनाले हरेक वर्ष फूलपातीको दिन टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ।
यसैबीच, गोरखा दरबारबाट ल्याइएको फूलपाती शनिबार काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइएको छ। गोरखा दरबारले बिहान बाजागाजासहित डोलीमा राखेर फूलपाती पठाएको थियो।
दसैँको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै बाजागाजा र हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको हो। फूलपाती हनुमानढोका भित्र्याएपछि दसैँको रौनक बढ्ने गर्छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


