३१ असोज २०८३ English
English

एनपीएललाई आईसीसीको मान्यता, विदेशी खेलाडीलाई एनओसी अनिवार्य

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएललाई आईसीसीको मान्यता, विदेशी खेलाडीलाई एनओसी अनिवार्य
तस्बिर: थाहाखबर

नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता पाएको छ। मान्यतासँगै एनपीएलमा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन्।

नयाँ व्यवस्थाअनुसार प्रतियोगितामा सहभागी हुने विदेशी खेलाडीले सम्बन्धित क्रिकेट बोर्डको अनापत्ति पत्र (एनओसी) अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। विदेशी खेलाडीको पछिल्लो ६ महिनाको खेल गतिविधि पनि जाँचिनेछ। साथै, एन्टी–करप्सन नियम पनि कडा बनाइएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलका पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आईसीसीलाई प्रभाव पार्न सकिएको बताएका छन्। एनपीएल गभर्निङ काउन्सिलका प्रमुखसमेत रहेका खड्काले आईसीसीको स्वीकृतिका लागि भरिएको फारममा ६ देखि ८ विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको जानकारी दिए।

क्यानले एनपीएलले आईसीसीबाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा पुगेको जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३१ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 31 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार