कञ्चनपुरको गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुर ‘अल्फा’ र ‘डेल्टा’ बाट जाँच सुरु
सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा शनिबार बिहानदेखि तालिमप्राप्त कुकुर प्रयोग गरेर जाँच सुरु गरेको छ।
जाँचमा ‘अल्फा’ र ‘डेल्टा’ नामका लेब्राडोर तथा जर्मन सेफर्ड जातका तालिमप्राप्त कुकुर परिचालन गरिएका छन्।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार र हतियार तस्करी नियन्त्रणका लागि यस्तो जाँच थालिएको हो। चाडपर्वका बेला मात्र नभई सशस्त्र प्रहरीले यो नाकामा सुरक्षा कडाइ गरिरहेको बताइएको छ।
बडादसैँलगायतका चाडपर्वका बेला सीमा नाकामा आवतजावत बढ्ने भएकाले सुरक्षा निगरानी कडा पारिएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

