रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना, ७० वर्षीया वृद्धाको मृत्यु, दुई घाइते
रौतहटको मौलापुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मौलापुर नगरपालिका–२, मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा आइतबार बिहान करिब १ बजे दुर्घटना भएको हो। दुर्घटनामा परेको मोटरसाइकलमा तीन जना सवार थिए।
दुर्घटनामा ७० वर्षीया एक वृद्धाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन्।
दुर्घटनाका बारेमा थप विवरण आउन बाँकी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

