११ कात्तिक २०८३ English
English

देश गम्भीर अवस्थामा छ, नयाँ आन्दोलनका लागि तयार रहनू: एमाले अध्यक्ष ओली

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
देश गम्भीर अवस्थामा छ, नयाँ आन्दोलनका लागि तयार रहनू: एमाले अध्यक्ष ओली
तस्बिर: सेतोपाटी

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै यसको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। उनले बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी पंक्तिलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएका हुन्।

अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाए। उनले आन्दोलनबाट भाग्न खोजे र आन्दोलन नगरे देशको रक्षा गर्न नसकिने बताए। स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको उल्लेख गर्दै उनले बिना वर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिप्रति पनि खबरदारी गरे।

आन्दोलनको समयबारे उनले भने, ‘अहिले भरे, भोलि, तिहारपछि, छठपछि होस् की तर हामी तयारी मानसिक रुपमा हुनुपर्छ। भित्रभित्रै तयारी रुपमा रहनुपर्छ।’ उनले चुनाव आउँदै गरेको पनि स्मरण गराए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार