७ कात्तिक २०८३ English
English

बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ जना घाइते

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ जना घाइते
तस्बिर: रातोपाटी

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अरू ६ जना घाइते भएका छन्।

दुर्घटना शनिबार बिहान करिब ९ बजे भएको हो। कोहलपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका थिए।

दुर्घटनामा परी एक जनाको ज्यान गएको र घाइते भएका ६ जनाको उपचार भइरहेको जनाइएको छ।

यसैबीच, नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पछिल्लो समय ६ जनाको मृत्यु भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ७ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 7 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार