एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पाँच/पाँच लाख धरौटीमा छाड्न अदालतको आदेश

जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला न्यायाधीश हरिसिंह धामीको एकल इजलासले दुवैसँग पाँच/पाँच लाख रुपैयाँ धरौटी माग गर्दै छाड्न आदेश दिएको हो।
ठगी आरोपमा फरार रहेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई अदालतमा उपस्थित भएका थिए। सरकारी वकिल कार्यालयले प्रतिवादीहरूबाट कुल ९३ लाख ९ सय रुपैयाँ बिगो तथा क्षतिपूर्ति भराउन माग गरेको थियो।
अदालतको आदेशपछि दुवै पदाधिकारीले धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गर्नेछन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


