१५ कात्तिक २०८३ English
English

डोल्पामा हिमपातले फसेका ६ भारतीय पर्यटकको उद्धार प्रयास, हेलिकप्टरमा प्राविधिक समस्या

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
डोल्पामा हिमपातले फसेका ६ भारतीय पर्यटकको उद्धार प्रयास, हेलिकप्टरमा प्राविधिक समस्या

YouTube मा सब्स्क्राइब

डोल्पाको उपल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको उद्धारमा ढिलाइ भएको छ। उद्धारका लागि सुर्खेतको सैनिक हवाई बेसबाट पठाउन लागिएको नेपाली सेनाको हेलिकप्टरमा प्राविधिक समस्या आएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताउनुभएको छ। विकल्पमा अर्को हेलिकप्टर खोजिँदै गरेको उहाँले जानकारी दिनुभएको छ।

दुई महिला र चार पुरुष रहेको समूह शे–फोक्सुण्डो गाउँपालिका–८ को दानिगड क्षेत्रमा फसेको छ। उनीहरू शे–फोक्सुण्डो ताल घुम्न आएका थिए। केही दिनदेखिको हिमपातले उच्च हिमाली पदमार्ग अवरुद्ध भएपछि उनीहरू अगाडि बढ्न नसकेका हुन्।

जिल्ला प्रशासन कार्यालय दुनैले शनिबार, कात्तिक १४ गते राति ९ बजे उनीहरू फसेको जानकारी पाएको थियो। त्यसपछि जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको प्रहरीले जनाएको छ। प्रशासनको सूचनाअनुसार आज कात्तिक १५ गते हेलिकप्टरबाट उनीहरूलाई निकाल्ने योजना थियो।

सञ्चार सम्पर्कमा समस्या भएकाले सबै पर्यटकको पूर्ण विवरण आइनसकेको प्रहरीले उल्लेख गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज र भोलि पनि कर्णालीसहितका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना औँल्याएको छ।

स्रोत

सम्बन्धित समाचार