१२ असोज २०८३ English
English

लोडसेडिङ हुन नदिन हिउँदमा भारतबाट ११५४ मेगावाट बिजुली आयात गरिने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
लोडसेडिङ हुन नदिन हिउँदमा भारतबाट ११५४ मेगावाट बिजुली आयात गरिने
तस्बिर: सेतोपाटी

सुख्खायाममा लोडसेडिङ हुन नदिन नेपाल विद्युत प्राधिकरणले भारतबाट बिजुली आयात बढाउने तयारी गरेको छ। प्राधिकरणले आगामी जनवरीदेखि मेसम्मका लागि ११ सय ५४ मेगावाट बिजुली आयात गर्ने जनाएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विद्युत्को माग र आपूर्तिको अवस्थाबारे जानकारी दिएका हुन्। प्राधिकरणले आगामी सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब एक हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरेको छ।

त्रिशूली करिडोर र कालीगण्डकी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाहरूमा बाढीपहिरोले क्षति पुर्‍याएपछि प्राधिकरण भारतबाट बिजुली आयात गर्ने तयारीमा लागेको हो।

आन्तरिक उत्पादनले हिउँदको माग धान्न नसक्ने अवस्थामा आपूर्ति सहज बनाउन आयात गरिने प्राधिकरणले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार