अध्ययन बिदापछि सेवामा नफर्किएका शिक्षक–कर्मचारीबाट त्रिविले १६ करोड ५० लाख असुल्यो

त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ।
त्रिवि रजिस्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा केसबाट यो रकम असुलउपर भइसकेको हो।
यस्ता शिक्षक तथा कर्मचारीबाट अझै करिब २१ करोड ५० लाख रुपैयाँ उठाउन बाँकी रहेको छ।
विश्वविद्यालयको नियमअनुसार अध्ययन बिदा लिएका शिक्षक तथा कर्मचारी बिदा सकिएपछि सेवामा फर्कनुपर्छ। नफर्किएका शिक्षक–कर्मचारीबाट विश्वविद्यालयले यो रकम असुलउपर गरेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


