नुवाकोटका पत्रकार निराजन पौडेललाई कमलबहादुर विष्ट स्मृति पुरस्कार

वरिष्ठ संवाददाता निराजन पौडेललाई 'कमलबहादुर विष्ट स्मृति पुरस्कार' प्रदान गरिने भएको छ। कमलबहादुर विष्ट स्मृति समाजले साहित्यकार डा. विनोद मञ्जन संयोजक रहेको तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा पौडेललाई छानेको हो।
संस्थाकी डा. गायत्री विष्टले यो निर्णयबारे जानकारी दिनुभएको छ। पौडेल बाढी प्रभावित नुवाकोटका पत्रकार हुनुहुन्छ।
उहाँ करिब १७ वर्षदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ। उहाँ मुख्यगरी कानुनी मामिला, संवैधानिक आयोग र वातावरणसम्बन्धी विषयमा समाचार लेख्दै आउनुभएको छ। कमलबहादुर विष्टको जन्म विसं १९९९ मा काठमाडौँको शङ्खरापुर नगरपालिकाको सलम्बुटारमा भएको थियो।
उहाँले जीवनका ४२ वर्ष निजामती सेवामा बिताउनुभएको थियो। साहित्यमा गहिरो रुचि राख्ने विष्टको 'लाउने काठ' नामक कविता सङ्ग्रह प्रकाशित छ भने साहित्यिक पत्रिकामा उहाँका फुटकर रचना पनि छापिएका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

