१८ असोज २०८३ English
English

एसियाली खेलकुद सकियो: चीन शीर्षमा, नेपाल दुई कांस्यमा सीमित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एसियाली खेलकुद सकियो: चीन शीर्षमा, नेपाल दुई कांस्यमा सीमित

YouTube मा सब्स्क्राइब

जापानको आइची–नागोयामा भएको २०औँ एसियाली खेलकुद आइतबार सकिएको छ। यसमा चीन ३४१ पदकसहित पहिलो स्थानमा रहेको छ भने नेपाल दुई कांस्य पदकमा सीमित भएको छ। पदक तालिकाअनुसार चीनले १६९ स्वर्ण, ८९ रजत र ८३ कांस्य जितेको छ।

आयोजक जापान ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्यसहित २६९ पदक लिएर दोस्रो भएको छ। दक्षिण कोरिया ३९ स्वर्णसहित १५० पदक जितेर तेस्रो र भारत २१ स्वर्णसहित ८५ पदक जितेर चौथो स्थानमा छ। भारतले पुरुष क्रिकेटमा पाकिस्तानलाई हराउँदै स्वर्ण जितेको छ भने पुरुष हक्कीमा पनि स्वर्ण पाएको छ।

नेपालका लागि करातेको कुमितेमा तेन्जिङ शेर्पाले कांस्य जित्नुभएको छ। नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो पटक एसियाडमा कांस्य पदक जितेको छ। नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी थिए।

नेपालले एक स्वर्णसहित कम्तीमा १० पदक जित्ने लक्ष्य राखेको थियो। सहभागिताअघि कराते, उसु, बक्सिङ र जुडोका सङ्घले कम्तीमा एक पदक जित्ने घोषणा गरेका थिए। अघिल्लो एसियाडमा रजत जित्नुभएकी कराते खेलाडी एरिका गुरुङ यसपटक पदक जित्न सक्नुभएन।

स्रोत

सम्बन्धित समाचार