७ कात्तिक २०८३ English
English

टीकापुरको सितापुरमा जङ्गली हात्तीले धानबाली नष्ट, स्थानीय त्रसित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
टीकापुरको सितापुरमा जङ्गली हात्तीले धानबाली नष्ट, स्थानीय त्रसित

YouTube मा सब्स्क्राइब

कैलालीको टीकापुर नगरपालिका–२ सितापुरमा जङ्गली हात्तीको आवतजावत बढेपछि स्थानीयवासी त्रसित बनेका छन्। हात्तीले खेतको धानबाली बिगार्नुका साथै राति बस्तीभित्रै पस्न थालेपछि स्थानीय रातभर जाग्राम बस्न बाध्य भएका छन्। बिहीबार राति करिब सवा ९ बजे एक स्थानीयको घरनजिकै हात्ती देखिएपछि गाउँलेले थाल र सिटी बजाउँदै होहल्ला गरेर त्यसलाई भगाएका थिए।

स्थानीय रमेश शोपका अनुसार राति हात्ती बस्तीमा पस्दा परिवारको सुरक्षा र बाली जोगाउने दोहोरो चिन्ता थपिएको छ। वडा कार्यालयले केही ठाउँमा बत्ती जडान गरे पनि त्यो अपुग भएकाले थप बत्ती राख्नुपर्ने उनले बताएका छन्। हात्तीको आवतजावत दोहोरिन थालेपछि स्थानीयले मानिसको सुरक्षा, घरगोठको संरक्षण र धानबाली जोगाउन आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

स्रोत

सम्बन्धित समाचार