७ कात्तिक २०८३ English
English

अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस: जलवायु परिवर्तनले बासस्थान घट्दै

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस: जलवायु परिवर्तनले बासस्थान घट्दै

YouTube मा सब्स्क्राइब

नेपालमा हिउँचितुवाको सङ्ख्या करिब ३९७ रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कमा उल्लेख छ। अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस २३ अक्टोबरमा 'उच्च हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षक, हिमचितुवाको संरक्षण' भन्ने नाराका साथ विश्वभर मनाइएको छ। दुर्लभ हिउँचितुवाको संरक्षणबारे जनचेतना फैलाउन यो दिवस मनाउने गरिन्छ।

हिउँचितुवा नेपाल, भुटान, चीन, भारत, मङ्गोलिया र रुससहित १२ देशमा मात्र पाइन्छ, र यसलाई सफा हिमाली पर्यावरणको सूचक मानिन्छ। विश्वको करिब २ प्रतिशत बासस्थान मात्र भएको नेपालमा विश्वभरका झन्डै १० प्रतिशत हिउँचितुवा रहेको तथ्याङ्क छ। यसको बासस्थान नेपालका उच्च हिमाली भेगको करिब ३० हजार ५ सय वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ।

विश्वभर यसको सङ्ख्या करिब ४ हजारदेखि ७ हजारसम्म रहेको अनुमान छ। जलवायु परिवर्तनका कारण हिउँचितुवाको बासस्थान घट्दै गएको छ।

स्रोत

सम्बन्धित समाचार