१० असोज २०८३ English
English

कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार
तस्बिर: गोरखापत्र

कतारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा लगाएको आरोप असोज ९ गते खण्डन गर्दै त्यसलाई इजरायलका कामबाट ध्यान मोड्ने प्रयास भनेको छ। नेतान्याहुले कतारले इजरायलविरुद्ध जनमत प्रभावित पार्ने अभियान चलाएको आरोप लगाउनुभएको थियो। कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल एक्समा लेख्दै उक्त आरोप आधारहीन भएको बताउनुभएको छ।

उहाँका अनुसार कब्जामा रहेका प्यालेस्टिनी भूभागमा इजरायलका गतिविधि र त्यसको मानवीय असर ओझेलमा पार्न यस्तो अभिव्यक्ति दिइएको हो। विश्वभर, खास गरी युवामा आएको धारणा परिवर्तनलाई 'प्रभाव अभियान' को उपज भन्नु उनीहरूको विवेक र निर्णय क्षमताको अपमान भएको प्रवक्ता अल–अन्सारीको भनाइ छ। मानिसहरूले प्यालेस्टिनी क्षेत्रको अवस्था आफैँ देखेर धारणा बनाइरहेको उहाँले उल्लेख गर्नुभएको छ।

यो समाचार भिडियोमा

कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार

स्रोत

सम्बन्धित समाचार