२० असोज २०८३ English
English

विपन्न विद्यार्थीका लागि लिम्बु समुदायको संस्थाद्वारा एक करोडको अक्षयकोष

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विपन्न विद्यार्थीका लागि लिम्बु समुदायको संस्थाद्वारा एक करोडको अक्षयकोष

YouTube मा सब्स्क्राइब

लिम्बु समुदायको सामाजिक संस्था केत्तकुम लिबाङ पाङ्पत सयङले विपन्न विद्यार्थीलाई सहयोग गर्न एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गरेको छ। काठमाडौँको अनामनगरमा आयोजित कार्यक्रममा सयङले कोषको औपचारिक घोषणा गरेको हो। सयङका अध्यक्ष लोकेश लिबाङका अनुसार पाङ्पत लिबाङ वंशका सदस्यहरूको योगदानबाट कोष खडा गरिएको हो।

जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीको उच्च शिक्षा, अनुसन्धान र सीप विकासमा सहयोग गर्ने कोषको उद्देश्य रहेको उहाँले बताउनुभएको छ। कोषबाट छात्रवृत्ति, सीपमूलक तालिम, पुस्तकालय र अध्ययन केन्द्र स्थापना तथा शैक्षिक सामग्री उपलब्ध गराउने योजना रहेको सयङले जनाएको छ। कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याएका ताप्लेजुङका दुई र संखुवासभाका एक गरी तीन विद्यार्थीलाई सम्मान गरिएको थियो।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिल विक्रम नेम्बाङ 'बैरागी काइँला'ले उनीहरूलाई जनही १० हजार रुपैयाँ नगद, प्रशंसापत्र र दोसल्लासहित सम्मान गर्नुभएको छ। यस्ता कार्यक्रमले विद्यार्थीमा पढाइप्रति उत्साह जगाउने उहाँको भनाइ छ। सोही अवसरमा सयङको आधिकारिक वेबसाइट पनि सार्वजनिक गरिएको छ।

वेबसाइटमा संस्थाको इतिहास, वंशीय विवरण, संरचना र भावी योजना राखिएको छ। सयङले कोष थप विस्तार गर्ने जनाउँदै देश तथा विदेशमा रहेका वंशका सदस्यलाई अभियानमा जोडिन आह्वान गरेको छ।

स्रोत

सम्बन्धित समाचार