भूकम्पीय जोखिम सम्बोधन गर्न नेपाल र विश्व बैंकबीच ‘क्याटास्ट्रोफी बन्ड’ सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच विपद् बन्ड अर्थात् ‘क्याटास्ट्रोफी बन्ड’ सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। सम्झौताअनुसार विश्व बैंकले यो बन्ड जारी गर्नेछ।
भूकम्पीय जोखिम र भूकम्पबाट हुन सक्ने हानि–नोक्सानीको सम्बोधन गर्न नेपालले छिटो वित्तीय स्रोत जुटाउन सकोस् भन्ने उद्देश्यले बन्ड ल्याउन लागिएको हो।
ठूलो भूकम्प गएका बेला राहत र पुनर्निर्माणका लागि तत्काल रकम आवश्यक पर्ने हुँदा त्यसका लागि पहिल्यै वित्तीय व्यवस्था गर्ने उद्देश्यले यो सम्झौता गरिएको हो।
सम्झौताले भूकम्पीय जोखिमबाट सुरक्षाका लागि नेपाल र विश्व बैंकबीच सहकार्य सुरु भएको छ। बन्डको आकार र जारी गर्ने समयबारे विवरण भने सार्वजनिक भएको छैन।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


