सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा ६०० भन्दा बढीले गरे पिण्डदान

सोह्र श्राद्धको पहिलो दिन आइतबार पशुपतिनाथ क्षेत्रमा ६०० भन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन्।
बिहानैदेखि निरन्तर वर्षा भए पनि श्रद्धालुहरू आफ्ना दिवंगत पितृको सम्झनामा श्राद्ध गर्न पशुपतिनाथ मन्दिर परिसर पुगेका थिए।
सोह्र श्राद्धका अवसरमा दिवंगत पितृको सम्झनामा श्राद्ध, तर्पण र पिण्डदान गर्ने परम्परा छ। पहिलो दिन नै वर्षाका बाबजुद ठूलो संख्यामा श्रद्धालु पशुपति क्षेत्रमा पुगेका हुन्।
चार दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभर जनजीवन प्रभावित भएको थियो। आइतबार दिउँसोदेखि भने उपत्यकाको मौसम खुल्न थालेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

