नेपाली वृत्तचित्र 'द एभरेस्ट ड्रीम' लाई शिम्लामा स्पेशल जुरी अवार्ड

नेपाली वृत्तचित्र 'द एभरेस्ट ड्रीम'ले भारतको शिम्लामा सम्पन्न १२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ शिम्लामा स्पेशल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जितेको छ। सञ्चारकर्मी गणेश पाण्डेले निर्देशन र निर्माण गरेको यो वृत्तचित्रले विश्वका विभिन्न देशका वृत्तचित्रसँग प्रतिस्पर्धा गरेको थियो। हिमाचल प्रदेशका राज्यपाल कविन्दर गुप्ता र महोत्सव निर्देशक पुष्पराज ठाकुरले आइतबार भएको समारोहमा पाण्डेलाई पुरस्कार हस्तान्तरण गर्नुभएको छ।
असोज ९ देखि ११ गतेसम्म शिम्लाको ऐतिहासिक गेती हेरिटेज कम्प्लेक्समा भएको महोत्सवमा झन्डै ३३ देशका फिल्म सहभागी थिए। वृत्तचित्रमा मस्तिष्कमा गम्भीर चोट लागेपछि जीवनमा धेरै चुनौती भोगिरहेका बेलायती नागरिकहरूको एभरेस्ट आधार शिविरसम्मको साहसिक यात्रा देखाइएको छ। स्कटल्यान्डमा सुरु भएको उनीहरूको कठोर प्रशिक्षणदेखि नेपाल आएर हिमालयको यात्रासम्मका अनुभव फिल्मले समेटेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

